कुमारी बैंकपनि अर्बपति क्लबमा, समग्र सूचकमा देखियो यस्तो प्रगती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 11:19:36 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited  तेस्रो त्रैमाससम्ममा अर्ब बढी कमाउने बैंकको सुचिमा सामेल भएको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा ३६ प्रतिशतले बढाएर १ अर्ब ३२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ७३ करोड ६३ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकको बितरण योग्य मुनाफा ६१ करोड ६० लाख छ। अहिलेकै अवस्थामा बैंकको प्रगति अघि बढेको अवस्थामा बैंकले यो आर्थिक बर्ष (चौथो त्रैमाससम्म) झन्डै ८२ करोड १४ लाख वितरण योग्य मुनाफा गर्न सक्ने देखिन्छ। यस आधारमा अन्य बिषय यथावत रहेमा बैकले यो बर्ष करिब ९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ। तर ९ महिनाको प्रगतीलाई मात्रै आधार मान्दा बैंकले ११ प्रतिशत लाभांश बाड्न सक्ने देखिन्छ।      

यस अवधिमा बैंकले ६९ अर्ब ४ करोड निक्षेप संकलन गरि ६९ अर्ब ५९ करोड करोड कर्जा प्रवाह गरेको छ। जहाँ बैकको खुद ब्याज आम्दानी ६०.६७ प्रतिशतले बढेर १ अर्ब ३८ करोडबाट २ अर्ब २३ करोड पुगेको छ। 

त्यस्तै खराब कर्जा अनुपात १।२४ प्रतिशतबाट बढेर १।४१ प्रतिशतमा उक्लिएको छ। त्यस्तै यस अवधिमा प्रति सेयर आम्दानी समेत ३७ १८ प्रतिशतले बढेर १८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ७७ पैसा र मुल्य आम्दानी अनुपात १३ दशमलब ८७ गुणा छ। बैंकले दुई आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण गर्ने क्रममा रहेकाले सोको समायोजन पश्चात इपिएस १५ रुपैयाँ ३६ पैसा पुग्नेछ। बैंकले यहि बैशाख २६ गते दुइ आर्थिक बर्षको बार्षिक साधारणसभा डाकेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ७ अर्ब १६ करोड छ भने रिजर्भमा ४ अर्ब ३५ करोड छ। बैंकको ब्याजको (बेस रेट) आधार दर घटेर ११।०२  प्रतिशत पुगेको छ भने सिसिड़ी अनुपात ७८।५९ प्रतिशत छ। बैंकले घोषणा गरेको २१।२५ प्रतिशत बोनस सेयर चुक्तापुंजीमा समायोजन हुन बाँकि छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved