सानिमा बैंकको मुनाफामा सामान्य वृद्धि, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 09:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख खुद मुनाफा आर्जन गरेको बैंकको नाफा ८ करोडले बढेको हो। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २७ करोड ५४ लाख रहेको छ । 

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा करिब ६ अर्बले वृद्धि गर्दै ९५ अर्ब ९२ करोड १७ लाख पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख निक्षेप संकलन गरेको थियो। 

बैंकले गत आर्थिक वर्षको तुलनमा कर्जा लगानी २ अर्बले वृद्धि गर्दै ८३ अर्ब ५२ करोड १३ लाख पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८१ अर्ब ४१ करोड ८८ लाख कर्जा लगानी गरेको थियो । 

८ अर्ब ८० करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ५४ करोड ९० लाख ९९ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले १ अर्ब १४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा करिब १८ करोडले बढी हो। 

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ११.५२ गुणा, पुँजीकोष अनुपात  १२.६१ प्रतिशत, खराब कर्जा शुन्य दशमलव २४ प्रतिशत, आधार ब्याजदर ९.२१  प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत, सिसिडी रेसियो ७८.८४ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.४४ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved