ज्योति लाईफद्वारा १ अर्ब १४ करोड बीमा शुल्क आर्जन, नाफा ११ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 10:40:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रयमासमा १.१४ अर्ब कुल बीमा शुल्क आर्जन गरेको छ  । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क ९७ प्रतिशतले बढेको हो ।

कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको जनाएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको उल्लेख गरेको छ । व्यवस्थापन खर्चमा भएको वृद्धीको बाबजुद कम्पनीले खुद नाफामा १४ प्रतिशतले सुधार गर्दै रु. ११.५१ करोड नाफा गरेको छ  । नाफाको रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । 

व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत रु.८९.५९ लाख भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रो त्रयमासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धी भइ रु.३७.३९ करोड कायम हुन गएको देखिन्छ भने जिवन बीमा कोषमा १९१ प्रतिशतले वृद्दी भइ रु. १.४० अर्ब रहेकोे देखिन्छ ।

कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved