२७ प्रतिशतले घट्यो बैंक अफ काठमाण्डुको नाफा, वितरणयोग्य मुनाफा माइनसमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 09:32:24 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक सोहि अवधिको तुलनामा यस वर्ष बैंकको मुनाफा २७.४९ प्रतिशतले घटेको हो 

आघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब २० करोड रहेकोमा चालु आर्थिक वर्षमा बैंकको नाफा घटेर ८७ करोड ३४ लाख रहेको छ । कोरोना भाइरसले पारेको सम्भावित जोखिमको लागि बैंकले इम्पेरिमेन्ट चार्जबापत ८० करोड ६५ लाख छुट्याएको छ । यसै कारण बैंकको नाफामा गिरावट देखिएको हो । 

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ऋणात्मक रहेको छ। बैंकको बाड्न मिल्ने मुनाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले चौथो त्रैमासमा अवस्था रिकभर गर्न नसकेमा यस वर्ष बैंकका लगानीकर्ता लाभांश नपाउँन सक्छन्। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भने बैंकको वितरणयोग्य मुनाफा ७३ करोड ३८ लाख थियो । 

बैंकको निक्षेप ८.५२ प्रतिशतले बढेर ८९ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह ११.७० प्रतिशतले बढेर  ७८ अर्ब ७२ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ५.५२ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगेको छ ।

८ अर्ब ५४ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ५ अर्ब १२ करोड रहेको छ भने संचित मुनाफा ८ करोड ५९ लाख ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा भने २.२१ प्रतिशतबाट घटेर १.५३ प्रतिशत कायम भएको छ । 

तेस्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी १३.६३, प्रति शेयर नेट वर्थ १५९.६२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६ गुणा, बेस रेट ९.३३ प्रतिशत, कोषको लागत ७.२८ प्रतिशत, सिसिडि ७५.५४ र पुँजी पर्याप्तता अनुपात १३.८२ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved