स्पेनको बिश्वकप यात्रामा गम्भीर धक्का, प्रतियोगिता सुरु हुनै लाग्दा प्रशिक्षक नै बर्खास्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 03:22:58 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकपमा उपाधि दाबेदारको रुपमा हेरिएको स्पेनलाई प्रतियोगिता सुरु हुनै लाग्दा गम्भीर धक्का लागेको छ। बिश्वकपमा स्पेनले पहिलो खेल शुक्रबार पोर्चुगल संग खेल्ने तालिका थियो । तर त्यस अघि नै स्पेनको फुटबल संघले प्रशिक्षक हुलेंन लोपेतेगुईलाई बर्खास्त गरेको हो  । 

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबेल्सले प्रशिक्षक लोपेतेगुईलाई बर्खास्त गरेका हुन् ।  

लोपेतेगुईले १ दिन अगाडी मात्र रियल म्याड्रिडसंग ३ बर्ष प्रशिक्षक रहने गरी सम्झौता गरेका थिए  । तर उनले उस अघि नै स्पेनसंग सन् २०२० सम्म रहने गरी सम्झौता गरेका थिए  ।  यसकै कारण उनलाई बर्खास्त गरिएको बुझिएको छ  ।  

फिफाको महासभामा भाग लिन रुस आएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबेल्स महासभा पुरा नहुदै स्पेन फर्केका थिए  ।   उनले स्पेन पुगेर प्रशिक्षकलाई शुभकामना दिदै बर्खास्त गरेका हुन्  ।  

स्पेन बिश्वकपको समुह बि मा रहेको छ  ।  समुह बि मा स्पेन संगै पोर्चुगल, मोरको र इरान रहेका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved