रवाफिलो जितसंगै बेल्जियम बन्यो अन्तिम १६ मा पुग्ने पाँचौ टिम, अहिलेसम्म कसको सम्भावना कस्तो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 23, 2018 | 08:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्युनेसियालाई फराकिलो गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा पुग्ने पाँचौं टिम बनेको छ। रसियामा जारि विश्वकप अन्तर्गतको २७ औं प्रतियोगितामा बेल्जियमले ट्युनेसियालाई ५-२ को गोल अन्तरले पराजित गर्दै समुह जी बाट अन्तिम १६ मा पुग्ने पहिलो टिम बनेको छ। 

गोलको बर्षा भएको आजको खेलमा बेल्जियमका लुकाकुले २ गोल गर्दै उनले पोर्चुगलका रोनाल्डोको बराबरीमा पुगेका छन। लुकाकुले खेलको १६ औं र ४८ औं मिनेटमा गोल गरे। लुकाकुले यस अघि पनामा बिरुद्दको खेलमा एक गोल गरेका थिए। 

आजको खेलमा बेल्जियमका लागि हजार्डले खेलको छैटौं मिनेटमा गोल गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाए। लगत्तै लुकाकुले खेलको १६ औं मिनेटमा दोस्रो गोल गरे। 

खेलमा फर्किने प्रयास गरेको ट्युनेसियाका लागि ब्रोंनले खेलको १८ औं मिनेटमा गोल गरे। तर ब्रोनको गोल सेलाउन नपाउदै लुकाकुले पहिलो हाफको अतिरिक्त समयमा थप एक गोल गरे र बेल्जियमलाई पहिलो हाफ अगाडी ३-१ को अग्रता दिलाए। 

दोस्रो हाफको ५१ औं मिनेटमा हजार्डले आफ्नो दोस्रो गोल गरे र बेल्जियमलाई ४-१ को अग्रता दिलाए। र लगत्तै ९० औं मिनेटमा बात्सुयीले बेल्जियमका लागि पाँचौं गोल गरे। यता अन्तिम १६ मा पुग्ने सम्भावना लगभग समाप्त भएको ट्युनेसियाका लागि खाजरीले खेलको ९३ औं मिनेटमा गोल बेल्जियमका लागि दोस्रो गोल गरे।   

जितसंगै बेल्जियम ६ अंक सहित समुह जीको पहिलो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ। यससंगै अन्तिम १६ मा पुग्नेको टिमको संख्या ५ पुगेको छ। अहिलेसम्म अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ए बाट आयोजक रसिया र उरूग्वे एक खेल अगावै अन्तिम १६ मा पुगिसकेका छन भने समूह सि बाट फ्रान्स र डिबाट क्रोएसिया अन्तिम १६ मा पुग्नेका छन। 

त्यस्तै जारि विश्वकपमा ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन्। समूह ए बाट एसियाली राष्ट्र साउदी अरेबिया र इजिप्ट बाहिरिएका छन्। समूह बी बाट मोरक्को बाहिरिसकेको छ भने समूह सि बाट पेरु बाहिरि सकेको छ। त्यस्तै समूह ई बाट कोष्टारिका बाहिरिसकेको छ। 

अंक तालिका हेर्न र पूर्वानुमान गरि आकर्षक पुरस्कार जित्न यहाँ क्लिक गर्नुहोस 

सम्भावना

समूह बी बाट स्पेन पोर्चुगल र इरानको समान सम्भाना छ। समान २ खेलेका उनीहरु मध्ये स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरान तीन अंकसहित प्रतिश्पर्धामा छ। 

अब यो समूहको सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्छ। जसमा इरान र पोर्चुगलबीच हुने खेलको विजेता दोस्रो चरणमा पुग्छ। उता स्पेनलाई दोस्रो चरणमा पुग्न मोरक्कोलाई हराउनुपर्ने हुन्छ।

समूह सि बाट डेनमार्क ४ अंकसहित दोस्रो स्थानमा छ भने अष्ट्रेलियाले १ अंकसहित नकआउट चरण प्रवेशको सम्भावना जिवितै राखेको छ।अब अन्तिम खेलमा फ्रान्सविरूद्ध जित निकाले डेनमार्क अन्तिम १६ मा पुग्नेछ भने अष्ट्रेलियाले पेरूलाई हराए पुग्न सक्छ।

समूह डिबाट नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १-१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन्।अब अन्तिम खेलबाट नकआउट चरण पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ। यो समूहबाट कोही बाहिरिएका छैनन्।

समूह ई बाट कोही पनि अन्तिम १६ मा प्रवेश गरेका छैनन् यद्यपी ब्राजिल र स्विटजरल्याण्ड शीर्ष दुईमा छन् भने सर्वियाले ३ अंकसहित नकआउट चरण प्रवेश सम्भावना कायमै राखेको छ।  अब अन्तिममा हुने सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ भने स्विटजरल्याण्डलाई अन्तिम १६मा पुग्न कोष्टारिकालाई हराउनुपर्नेछ।

समूह एफबाट कोही पनि नकआउट चरणमा पुगेका छैनन् र कोही बाहिरिएका छैनन्। समूह एचमा पनि एक-एक खेल भएको छ। यसमा जापान र सेनेगलले जितेका छन्। पोल्याण्ड र कोलम्बिया रहेको समूहमा सबैको सम्भावना उत्तिकै छ।

अहिलेसम्म अन्तिम १६ मा पुगेका टिम

रसिया (ए)

उरूग्वे (ए)

फ्रान्स (सी)

क्रोएसिया (डी)

बेल्जियम (जी) 

अहिलेसम्म सम्म बाहिरिएका टिम

साउदी अरेबिया (ए)

इजिप्ट (ए)

मोरक्को (बी)

पेरू (सी)

कोस्टारिका (ई)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved