अर्जेन्टिनालाई गर या मर, नाईजेरियालाई बराबरी काफी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 11:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप फुटबलको २१ औँ संस्करण सुरु हुनुपूर्व अर्जेन्टिनालाई यस पटकको उपाधि दाबेदारको रुपमा हेरिएको थियो ।  

दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई उपाधि दाबेदार मानिनु स्वभाविक पनि हो । तर रसिया यात्रापछि नवप्रवेशी आईसल्याण्डसँग बराबरीमा रोकिनु र क्रोएसियासँग लज्जास्पद हार व्यहोरेपछि अर्जेन्टिनाको यात्रा धरापमा परेको छ । 

मंगलबार (आज) राति ११ः४५ बजे हुने समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका फुटबल स्टार डिएगो म्याराडोनाले प्रशिक्षकलाई दोष दिदै खेलाडिको प्रशंसा गरेका छन् । त्यसपछि टिमको प्लेईङ सेट क्याप्टेन लियोनेल मेसीले तय गर्नेछन् ।

मैदानमा लय मिलाउने एन्जल डिमारियालाई प्रशिक्षकले प्लेईङ सेटमा नउतार्नाले पनि अर्जेन्टिनाले लय समाउन नसकेको खेल विश्लेषहरुको भनाई छ । नाईजेरियालाई अघिल्लोचरण प्रवेशका लागि बराबरी मात्र काफी छ तर अर्जेन्टिनालाई जित अनिवार्य छ । 

फिफा वरियताको ५औं स्थानमा रहेको अर्जेन्टिनाको भाग्य क्रोएसिया र आईसल्याण्डबीचको खेलले पनि निर्धारण गर्नेछ । 

तर यस अघिको विगतलाई हेर्ने हो भने नाइजेरिया अर्जेन्टिनासँग पराजित हुँदै आएको छ । 

आजको खेलमा नाईजेरिया अर्जेन्टिनालाई हराएर विगत उल्ट्याउदै जारी विश्वकपको अन्तिम १६ मा जान चाहान्छ । अर्जेन्टिना पनि विगत जारी राख्दै नाईजेरियालाई हराएर अन्तिम १६ मा स्थान पक्का गर्न चाहान्छ । 

यद्यपी सेन्टपिटर्सवर्ग रंगशालामा आज हुने खेलमा दुवै राष्ट्रले सबै क्षमता प्रयोग गरेर खेल्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved