बुवाको अपहरणको खबर पाएर पनि अर्जेन्टिना बिरुद्द खेलेका थिए यी खेलाडी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 03, 2018 | 11:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नाइजेरियाका कप्तान जान ओबी मिकेलले विश्वकपमा अर्जेन्टिनाबिरुद्दको खेल अगाडी आफ्नो बुवाको अपहरण भएको खुलासा गरेका छन। खेल सुरु हुनु भन्दा ४ घण्टा अगाडी आफुलाई बुवाको अपहरणबारे जानकारी भएको उनले खुलासा गरेका हुन। 

चेल्सीका पुर्व मिडफिल्डर मिकेलले टिमको साथमा बसमा रंगशालामा जाँदै गर्दा बुवाको अपहरणबारे जानकारी मिलेको बताएका छन। मिकेललाई अपहरणकारीलाई तुरुन्तै फोन गर्न भनीएपनि उनले नाइजेरियन फुटबल फेडरेशनलाई यसबारे केहि जानकारी दिए बिना नै मैदानमा उत्रेका थिए। 

मिकेलका केहि साथि बाहेक कसैलाई पनि यस घटनाबारे जानकारी थिएन। उनले कोचलाई समेत घटनाबारे जानकारी दिएनन।  यस घटनाबारे कसैलाई थाहा दिए बुवाको हत्या गर्ने अपहरणकारीको धम्किका कारण उनले कसैलाई केहि थाहा नदिई अर्जेन्टिना बिरुद्द पुरै ९० मीनेटको खेल खेलेका थिए। 

यद्दपी सोमबार मात्रै उनको बुवालाई अपहरणकारीले रिहा गरेको संचारमाध्यमहरुमा खबर छ। अपहरणकारीको साता दिन भन्दा बढीको टर्चरका कारण उनको बुवाको अस्पतालमा उपचार चलिरहेको छ। 

एपीएफ अफ्रिकाले उनको बुवालाई २६ लाख रुपैयाँ अर्थात २१००० पाउण्ड स्टरलिंङ तिरेर अपहरणबाट मुक्त गरिएको खबर लेखेको छ। उनको बुवालाई यस अघि सन २०११ मा समेत अपहरण गरिएको थियो।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved