१२ बर्षपछि इंग्ल्यान्ड क्वाटरफाइनलमा, पहिलो पटक जित्यो पेनाल्टी शुटआउट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 04, 2018 | 09:36:03 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको पछिल्लो खेलमा इङ्गल्याण्ड कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनल्समा आफ्नो स्थान पक्का गर्न सफल भएको छ। कोलम्बियाले खेल सकिनै लाग्दा एक गोल गरेर बराबर गरेपछि खेल लम्बिएको थियो। पछि पेनाल्टी शुट आउटसम्म इङ्गल्याण्डले कोलम्बियाविरुद्ध ४-३ को जित निकालेको थियो।

इङ्गल्याण्डले बिश्वकपको पेनाल्टी शुट आउटमा खेल जितेको यो नै पहिलो अवसर हो । यस अघि इङ्गल्याण्ड ३ पटकसम्म पेनाल्टी शुट आउटमा पराजित भएको थियो ।

मस्कोमा भएको प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीमा कोलम्बियालाई हराएपछि इङ्गल्याण्डले अब क्वार्टरफाइनल्समा सामारामा शनिवार स्वीडनसँग खेल्ने भएको छ। इङ्गल्याण्ड विश्वकप खेलमा पेनाल्टी शुट आउटका क्रममा विजयी भएको यो पहिलो अवसर हो। स्पार्टक रंगशालामा भएको खेलमा एरिक डायरले गोल गरेपछि इङ्ल्याण्ड विजयी हुन पुग्यो।

इङ्गल्याण्डको फाइनल खेलको यात्रामा कुनै विश्व विजेता टोली देखिँदैन। यो समूहको क्वार्टरफाइनलका विजेताले १५ जुलाइमा मस्कोमा हुने खेलमा क्रोएसिया वा रुससँग खेल्ने छ। 

इङ्गल्याण्डले १२ बर्षपछि पुन बिश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पछिल्लो पटक टोली २००६ मा क्वाटरफाइनलमा पुगेको थियो ।  त्यसपछि इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको यो नै पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved