डाक्टर केसी र कान्तिपुर विरूद्धको मुद्दामा सोमबार पनि बहस हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 03:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दाको बहस सोमबार पनि हुने भएको छ । 

आईतबारबाट दुबै मुद्दामा पूर्ण इजलासमा बहस सुरु भएको छ । आज दुबै मुद्दाका रिट निवेदक पक्षका वकिलले बहस गरेका छन् । उनीहरुको बहस नसकिएकाले भोलि फेरि बहस हुने सर्वोच्च प्रशासनले जनाएको छ । बहस गर्दै वकिलहरुले डाक्टर केसीले अदालत न्यायको चंगुलमा फसेको, प्रधानन्यायाधीश भ्रष्टाचारी र हत्यारा भएको अभिव्यक्ति दिएकाले उनले अदालतको अवहेलना गरेको जिकिर गरेका थिए । 

त्यस्तै कान्तिपुरले लगातार प्रधानन्यायाधीशका बारेमा समाचार प्रकाशन गरेका उनलाई मानसिक तनाव दिएको र त्यसले न्याय सम्पादनमा असर पर्ने पार्ने वकिलहरुले तर्क गरेका छन् । दुबै मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुली एक पक्ष भए पनि उनले आफ्नै नेतृत्वमा पूर्ण इजलास गठन गरेका छन् ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved