डिफेन्डरको गल्तिले नेपाल ताजिकिस्तानसंग ३-० ले पराजित, छनौट चरणबाट 'आउट'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 07:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप २०१९ को छनौट अन्तर्गतको खेलमा नेपाल ताजिकिस्तानसंग पराजित भएको छ। ताजिकिस्तानको मैदान हसोर रंगशालामा भएको खेलमा नेपालको डिफेन्डरहरुका 'गल्ति' का कारण ताजिकिस्तानले नेपाललाई ३-० ले पराजित गरेको हो। 

सुरु देखि नै आक्रामक खेल प्रदशन गरेको ताजिकिस्तानले तीनै गोल पेनाल्टी मार्फत गरेको हो। डी बक्स भित्र नेपालका डिफेन्डर सम्हालिन नसक्दा नेपालले पराजय भोग्नु परेको हो। 

नेपालले अनन्त तामाङले डी बक्स भित्र हातले बल छुँदा ताजिकिस्तानले पहिलो पेनाल्टी पाएको थियो। ताजिकिस्तानले पहिलो गोल खेल सुरु भएको २० मिनेटमा प्रहार गरेको हो। 

त्यस्तै नेपालका आदित्य चौधरीले फुत्काएको बललाई डिफेन्डर अनन्त तामाङले रोक्ने प्रयासमा डी बक्स भित्र गल्ति हुन पुग्दा ताजिकिस्तानले दोस्रो पेनाल्टी पाएको हो। 

आदित्य चौधरीले डी बक्स भित्र ताजिकिस्तानका खेलाडी बिरुद्द 'अनावश्यक' ट्याकल गर्दा ताजिकिस्तानले तेस्रो पेनाल्टी पाएको हो। तीनै गोल ताजिकिस्तानका कप्तान जालिलोभले गरेका हुन। डिफेन्सिभ गल्तिका कारण नै नेपालले ताजिकिस्तानको घरेलु मैदानमा पराजय भोगेको हो।

पराजयसंगै नेपालको एसिया कपमा छनौट हुने संभावना सकिएको छ। चार टिम सहभागी समुह 'एफ' मा नेपाल अन्तिम स्थानमा छ। जितसंगै ताजिकिस्तान ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ। पाँच अंकसहित यमन तेस्रो स्थानमा छ। समुहको शीर्ष दुईमा रहने टोली एसिया कप्को लागि छनौट हुनेछ । यस खेल पश्चात ग्रुप एफ अन्तर्गतको खेल आज नै फिलिपिन्सले यमनको सामना गर्नेछ। जुन खेल कतारको दोहामा हुँदै छ। 

अपडेट:

ताजिकिस्तानले पेनाल्टी मार्फत दोस्रो गोल गरेको छ। आदित्य चौधरीले फुत्काएको बललाई डिफेन्डर अनन्त तामाङले रोक्ने प्रयासमा डी बक्स भित्र गल्ति हुन पुग्दा ताजिकिस्तानले दोस्रो पेनाल्टी पाएको हो। यससंगै नेपाल खेलमा २-० ले पछाडी परेको छ।   

अपडेट:

अनन्त तामाङले दिएको सुन्दर पासको सदुपयोग गर्न नसक्दा नवयुग श्रेष्ट गोल गर्न चुकेका छन। यससंगै नेपालले खेलमा बराबरीमा फर्किने सुनौलो अवसर गुमाएको छ। 

अपडेट: रेफ्रीले सहि निर्णय लिन नसक्दा नेपालले पहिलो गोल खाएको छ। ताजिकिस्तानका खेलाडीले प्रहार गरेको बल अनन्त तामाङले रोक्न जम्प गर्दा उनको हातमा बल लागेकाले रेफ्रीले ताजिकिस्तानलाई पेनाल्टी दिएका हुन। 

सामान्यतया डी बक्स भित्र हुने यस प्रकारको गल्तिका लागि पेनाल्टी दिने गरिदैन। डी बक्स भित्र बललाई बचाउने क्रममा डिफेन्डरले रोक्न खोज्दा हातले छुन गएमा त्यसलाई सामान्य मानिन्छ। हातले बल हानेको अवस्थामा मात्र पेनाल्टी दिने अन्तर्राष्ट्रिय अभ्यास छ। 

ताजिकिस्तानका कप्तानले पेनाल्टीको सदुपयोग गर्दै खेलको २० औ मिनेटमा गोल प्रहार गरेका छन। गोलकिपर किरण कुमार लिम्बुले बल रोक्ने प्रयास गरे पनि असमर्थ बनेका छन।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved