टेलिकमको नयाँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 03:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले चाइना कल अफर ल्याएको छ । टेलिकमका सिमबाट चीनमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा शुल्क लाग्नेछ ।

टेलिकमले चीनमा कल गर्न अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराएको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोग गरिसक्नुपर्नेछ । साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । 

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइने कम्पनीले जनाएको छ । 

यो अफर सबै अन्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध रहेको बताईएको छ । प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*7# मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ । त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ । दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिकका लागि MCHINA टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved