तराईमा टेलिकमको जीएसएम मोबाइल सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:03:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले चालु आर्थिक वर्षको हालसम्म तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर सञ्चालनमा ल्याएको छ । मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले ती बीटीएस सञ्चालनमा ल्याएको हो । 

योसँगै दुर्गम र कम जनघनत्व भएका वस्तीमा पनि सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ । टुजी र थ्रीजी बीटीएस सञ्चालनमा आएपछि इन्टरनेट र टेलिफोन सेवामा सहज भएको कम्पनीको दाबी छ । टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को काम अन्तिम चरणमा पुगेको छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक साविकका मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका विभिन्न स्थानमा बीटीएस टावर निर्माणको काम भईरहेको छ । 

टेलिकमले प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सकिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved