दृष्टिबिहिनलाई टेलिकमको सामसुङ स्मार्ट फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 02:46:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले सुर्खेतमा विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई स्मार्टफोन उपलब्ध गराएको छ । टेलिकमले सुर्खेतको छिन्चुमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरेको छ ।   

टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरीे अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सकुन् भन्ने उद्देश्यले मोबाइल सेट हस्तान्तरण गरेको जनाएको छ । 

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved