टेलिकमले जित्यो आइक्यान अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 03:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि जितेको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गरेको हो ।  

मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरे ।

नेपाल टेलिकमले यो भन्दा पहिले आर्थिक वर्ष २०६६/६७, २०६७÷६८ र २०६८/६९ तथा २०७१/७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved