स्मार्टबाट खोसिएको अप्टिकल फाइबरको जिम्मा नेपाल टेलिकमलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 11:40:25 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट टेलिकमबाट खोसिएको अप्टिकल फाइबर बिछ्याउने कामको जिम्मा नेपाल टेलिकमलाई दिन मन्त्रिपरिषद्ले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । २ वर्षमा काम सम्पन्न गर्ने गरी प्रदेश ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउन दिएको काम १ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि प्राधिकरणले गत साता स्मार्टसँगको सम्झौता रद्द गरेको थियो ।

३ अर्बको परियोजनाको सम्झौता रद्द गरेपछि अन्तरिम आदेश माग्दै स्मार्टले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने फैसला गरिसकेको छ ।  कात्तिक ५ गतेको बैठकले स्मार्टबाट खोसिएको परियोजना नेपाल टेलिकमलाई दिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved