टेलिकमको ग्राहकमैत्री सेवा: पीन नम्बर कोरिए पनि रिचार्ज गर्न सकिने (तरिका सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 04:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को रिचार्ज कार्डमा नम्बर मेटिएर कम्तीमा ६ वटा नम्बर मात्र बुझिने भएपनि अब रिचार्ज हुने भएको छ । कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सकिने भएको हो । 

कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराए रिचार्ज हुने भएको हो ।

यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्नेछ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved