शनिबार बिहानैबाट नेपाल टेलिकममा देखिएको समस्या के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 04:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको सिम कार्डमा आफ्नो पैसा कति छ भनेर थाहा पाउन ‘ब्यालेन्स चेक’ गर्दा समस्या देखिएको छ । टेलिकमका प्रिपेड र पोष्पेड दुवैमा शनिबार बिहानैबाट यस्तो समस्या देखिएको थियो । पैसा कति बाँकी छ भनेर हेर्दा ‘आउट अफ रेन्ज’ भनेर देखिएने गरेको थियो । 

तर अहिले त्यो समस्या टेलिकमले समाधान गरेको जनाएको छ । ‘ब्यालेन्स क्वाइरी सिस्टममा समस्या देखिएको रहेछ’ टेलिकमका प्रवक्ता राजेश जोशीले भने, ‘आज शनिबार भएर पनि होला बिहान खबर आएन, मध्यान्हमा यहाँहरुले नै भनेपछि थाहा भयो, अहिले ३ः०० बजेबाट समस्या समाधान भइसक्यो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved