सरकारको निर्देशन विपरित इन्टरनेटको लाइन काट्दै सेवाप्रदायक, के गर्दैछ प्राधिकरण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 11:29:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन अवधिभर ग्राहकको इन्टरनेट सेवा नकाट्न निर्देशन दिएपनि त्यसो गर्न असम्भव रहेको सेवा प्रदायकहरुले जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बैशाख ५ गते इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिदै लकडाउनको कारण ग्राहकले समयमा महशुल भुक्तानी नगरे पनि सेवा अवरुद्ध नगर्न निर्देशन दिएको थियो । प्राधिकरणले सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको सेवा समेत बन्दाबन्दी अवधिभर निरन्तर सञ्चालन हुने गरी बन्दाबन्दी अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनु निर्देशन दिएको थियो ।

तर सेवा प्रदायकहरुले समयमा पैसा नतिर्ने ग्रहकाको लाइन काट्न थाली सकेका छन् । सेवा प्रदायकहरुले प्राधिकरणलाई पत्राचार गर्दै हालको अवस्थामा पैसा नतिरे पनि सेवा दिन नसकिने जवाफ पठाएका छन् । लकडाउनको बेला इन्टरनेटको प्रयोग बढेको र धेरै ब्याण्डविथको प्रयोग भईरहेको बेलामा बिना भुक्तानी सेवा दिईरहन नसकिने जनाएको हो ।

इन्टरनेट सेवा प्रदायक संघ ईस्पानका अध्यक्ष भोजराज भट्टले आफुहरुले पनि ब्याण्डविथ भारतबाट खरिद गर्नु पर्ने र ग्राहकबाट भुक्तानी नपाएको खण्डमा ब्याण्डविथ  नै खरिद गर्न कठिन भईरहेको बताए । उनले हाल ग्राहकबाट ३५ प्रतिशत मात्र रकम उठेको र यहि बेलामा ब्याण्डविथको समत माग बढेकोले भारतलाई भुक्तानी गर्न समस्या भएको बताए । 

नेपाललाई आवश्यक पर्ने इन्टरनेट भारतबाट आयात गरिंदै आएको छ । नेपालले टाटा, एयरटेल जस्ता भारतीय कम्पनीबाट ब्याण्डविथ खरिद गर्दै आएको छ । संघका अनुसार नेपालले मासिक ४५० जिबिपिएसको हाराहारीमा इन्टरनेट खरिद गर्छ । जुन ४ लाख ६० हजार एमबिपीएस हुन् आउँछ । १ एमबिपीएस बराबर ७५० रुपैयाँ तिर्ने गरिएकोले नेपालले मासिक ३४ करोड भन्दा बढी रकमको इन्टरनेट आयात गर्छ । अहिले माग बढेकोले थप ब्याण्डविथ आयात गर्नु परेकोले संघले जनाएको छ ।

माग समेत बढेको र भुक्तानी नउठेको खण्डमा सेवा दिई रहन नसक्ने संघका अध्यक्ष भट्ट बताउछन् । उनी भन्छन् ' ग्राहकले पैसा नतिरे हामीले त्यत्रो ठुलो रकम कहाँबाट ल्याएर ब्याण्डविथ खरिद गर्ने ?' । यदि प्राधिकरणले भने झैँ लाइन नकाट्ने हो भने आफुहरुलाई सरकारले अनुदान दिनु पर्ने संघको माग छ । 

यद्यपि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत अनुरोध भई आएमा जेष्ठ नागरिक र अशक्तहरुलाई भने अहिले प्रयोग गरेर लकडाउन अवधि पछि पैसा तिर्न सकिने ब्यबस्था गरिरहेको बताए । अन्यको हकमा भने पैसा नतिरेका ग्राहकलाई सेवा जारी राख्न नसकिने संघको भनाई छ । नेपालमा १२५ कम्पनीले इन्टरनेट तथा इमेल सेवा प्रदायकको लाईसेन्स लिएका छन् ।

नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लकडाउनको अवधि ७ दिन मात्र रहने आंकलनले उक्त निर्देशन दिएको बताउछन् । त्यस समयमा कसैले पनि लाइन नकाटेको उनको दाबी छ तर लकडाउन लम्बिएपछि सेवा प्रदायकहरुले आफु पनि समस्यामा पर्ने जानकारी गराएकोले उक्त निर्देशन कार्यन्वयनमा व्याबहारिक समस्या आएको बताए उनले भने ‘सेवा प्रदायकहरुलाई भारतलेपनि भुक्तानी गर्न पत्राचार गरिरहेको छ, उहाँहरुले त्यसको पत्र नै मलाई देखाएर छुट दिन नसकिने बताउनु भएको छ’

अध्यक्ष खनालले यस विषयमा प्राधिकरणले अध्ययन गरिरहेको र कसरी अगाडी बढ्ने भन्ने छिट्टै निर्णय हुने बताएका छन् अनलाइनबाट नै रकम तिर्न सक्ने ब्यबस्था भएकोले अब बैकल्पिक ब्यबस्था नभएकाहरुको हकमा मात्र छुट दिनु पर्ने उनी बताउछन् इन्टरनेटको मूल्य दक्षिण एसिया मै सस्तो रहेको दाबी गर्दै उनले अनलाइनबाट तिर्न सक्ने हरुले अनलाइनबाट तिर्नु पर्ने र नसक्नेको हकमा के गर्न सकिन्छ भनेर प्राधिकरणले अध्ययन भईरहेको बताए । सरकारले पनि छुटको लागि अनुरोध मात्र गरेकोले प्राधिकरणले पनि सोहि अनुसार अनुरोध गरेकोले अब अध्ययनपछि मात्र कानुनी कारवाहीको पाटोमा जान सकिने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved