विदेशी च्यानलले विज्ञापन नहटाए कारवाही हुन्छ: सञ्चार मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 01:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले कार्तिक ७ देखि विदेशी टिभि च्यानल विज्ञापनरहित (क्लिन फिड) हुनै पर्ने जनाएको छ। मन्त्रालयले कार्तिक ७ पछि टिभि च्यानल विज्ञापनरहित नबनाएमा कारवाही हुने जनाएको हो ।

विभिन्न क्षेत्रबाट विज्ञापन रहित बनाउने म्याद थपकाे लागि निवेदन आएतापनि ताेकिएकै समय अर्थात कात्तिक ७ गतेभित्र सबै विदेशी च्यानलमा क्लिनफिड लागु हुने मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले क्लिन फिड प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकको भन्दै जसरी पनि लागुहुने प्रष्ट पारेको हो । 

मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले म्याद थपको लागि माग भएको प्रति ध्यानाकर्षण भएको बताउदै तोकिएको मितिमा क्लिन फिड कार्यन्वयन नगर्नेलाई प्रचलित कानुन अनुसार कारवाही हुने बताएका हुन् । उनले भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्नको माग आएतापनि तोकिएकै समयमा क्लिनफिड लागु हुने बताएका हुन् ।

विदेशी च्यानल विज्ञापन रहित हुन सरकारी तवरबाट सम्पूर्ण कार्यहरु पूरा भैसकेको जनाईएतापनि विज्ञापन नियमावली तथा विज्ञापन बोर्ड गठन हुन सकेको छैन् । लामो समयदेखि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन नियमावली मन्त्रीपरिषद्मा पठाईएको भन्दै आएतापनि हालसम्म मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छैन् । तर मन्त्रालयका प्रवक्ता दुवाडी तत्काल विज्ञापन बोर्ड गठन नभएतापनि तोकिएकै समयमा विज्ञापन रहित विदेशी च्यान लागु गर्न मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved