कर्फ्यु लाग्ने म्यासेज पठाईएपछि प्राधिकरणले सेवाप्रदायकलाई गरायो सचेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 12:45:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले मोबाईल सेवा प्रदायकको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देशहरु पठाईएकोप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। त्यस्तो भ्रामक सन्देश प्रवाह गर्नेलाई कारवाहीको ब्यबस्था रहेको भन्दै प्राधिकरणले सेवाप्रदायकलाई सचेत गराएको हो ।

दुरसञ्चार ऐन, २०५३ को दफा (३) मा 'कुनै व्यक्तिले दुरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दुरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असूल गरी बिगो बमोजिम जरिवाना समेत गर्न सक्छ’ भन्ने व्यवस्था रहेकोले यसतर्फ सचेत हुन प्राधिकरणले निर्देशन दिएको हो  । प्राधिकरणले मोबाईल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक सन्देशहरु मोबाईल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह नगर्न नगराउन प्राधिकरणले सबै मोबाईल सेवा प्रदायकहरु संस्थाहरुलाई निर्देशन दिएको छ । 

केही दिन अघि विभिन्न व्यक्तिहरुलाई कोरोना भाइरस संक्रमणको दरमा बृद्धि भएको भन्दै दशैंमा कर्फ्यु र संकटकालको घोषणाको तयारी भएको म्यासेज मोबाइल मार्फत प्रवाह भएको थियो। यसरी भ्रामक सूचना फैलाएको भन्दै प्राधिकरणले सेवा प्रदायकलाई सचेत गराएको हो ।   

उक्त म्यासेजमा कुनै सत्यता नभएको र ति सूचना भ्रामक भएको गृह मन्त्रालयले स्पष्ट परिसकेको छ । मन्त्रालयले यसरी भ्रामक म्यासेज पठाउनेमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको समेत जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved