डीश होमका ग्राहकले आजदेखि ‘क्लिन फिड’ सहित आईपीएल हेर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 03:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

डीश होमका ग्राहकहरुले आजदेखि आइपीएल टिभीमा हेर्न पाउने भएका छन्। क्लिन फिड लागू भए पश्चात अवरुद्ध स्टार स्पोर्ट्स आजदेखि क्लिन फिड सहित  प्रशारणमा आउने डीश होमले जनाएको छ। 

यससँगै डीश होमका १५ लाख ग्राहकहरुले आजदेखि इन्डियन प्रिमियर लिग ९आईपीएल० का खेलहरु लाइभ हेर्न पाउनेछन। अवरुद्ध स्टार नेटवर्क मध्येको एउटा स्टार स्पोर्ट्स च्यानलमात्र आजदेखि प्रशारण हुने डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। 

उनकाअनुसार आजदेखि स्टार स्पोर्ट्स आउने भएपनि एसडी गुणस्तरणमा मात्रै उपलब्ध हुनेछ। डिसहोमको च्यानल नं ६०० मा स्टार स्पोर्टस् हेर्न सकिने बताउदै आचार्यले यो अस्थायी समाधान भएको बताए। 

आइपीएल आजदेखि टिभीमा, अरु च्यानललाई महिना कुर्नुपर्ने

अन्य च्यानलहरु पनि क्लिन फिड सहित प्रशारण गर्ने तयारि तिब्र रुपमा अगाडी बढेकाले विस्तारै अन्य च्यानलहरु पनि प्रशारण हुँदै जाने आचार्यले बताए। तर कार्टुन नेटवर्क, पुगो र सीएनएन, वार्नर ब्रोदर नेटवर्क अन्तर्गतका च्यानलहरु अब नेपालमा प्रशारण नहुने भएका छन्। 

यी नेटवर्कका प्रतिनिधिहरुले नेपालका केबल तथा सेटलाइट अपरेटरहरुलाई आफ्ना प्रसारण बन्द गरेको सूचना पठाएको आचार्यले जानकारी दिए।  

यससँगै कात्तिक ८ गतेदेखि कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनल, पोगो र वार्नर ब्रदर्स नामका च्यानलको प्रसारण नेपालमा अनिश्चितकालका लागि बन्द भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved