पब्लिक कम्पनी बनेपछि एनसेलले डाक्यो पहिलो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 08:22:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एनसेल आजियाटाले प्रथा साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ३० गते बिहान १० बजे आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै साधारण प्रस्तावमा लाभांश प्रस्ताव पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने, संचालकहरुको भत्ता तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल केहि समय अगाडी मात्र पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved