प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, मुख्य एजेण्डा सिमा विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 06:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमी पनि परेको भन्दै विरोध चर्किपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । सीमा विवादको विषयमा छलफल गर्न प्रधानमन्त्रीले शनिबार दिउँसो ४ सर्वदलीय बैठक बोलाएका हुन् ।

दलका शीर्ष नेता र विज्ञलाई समेत प्रधानमन्त्रीले बैठकमा बोलाएका हुन् । सीमा विवादका विषयमा सामूहिक धारणा बनाउने अपेक्षाका साथ प्रधानमन्त्रीले बैठका बोलाएको बुझिएको छ । 

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved