मेडिकल कलेजलाई सिँधै ठगी मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 11:29:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मेडिकल कलेजलनई ठगी मुद्दा लगाउने चेतावनी दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीबाट लिएको अवैध शुल्क १५ दिनभित्र फिर्ता नगरे मेडिकल कलेजलाई ठगी मुद्दा लगाउने चेतावनी दिए । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए । ‘१५ दिनभित्र विद्यार्थीका गुनासा समाधान नगरे ठगी मुद्दा चलाउँछौं,’ मन्त्री पोखरेलले भने । 

चितवन मेडिकल कलेजले कात्तिक १८ भित्र आफूले लिएको शुल्क फिर्ता गर्ने भनेपनि अझै कार्यान्वयन गरेको छैन । गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजले पनि अवैध शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved