काभ्रे दुर्घटना: १ को मृत्यु, ३ घाइते काठमाडौँ रिफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 08:30:01 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा भएको बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ६५ बर्षका एक पुरुषको मृत्यु भएको सोमबार सांझ मृत्यु भएको हो । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।

बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा सोमबार अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खसेको थियो ।

यो पनि : 

काभ्रे दुर्घटना अपडेट: २५ घाइते, ८ को अवस्था गम्भीर (नामावलीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved