४ महिना नपुग्दै कर बढाएकोमा चेम्बर अफ कमर्सको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 04:54:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधनप्रति नेपाल चेम्वर अफ कमर्सले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना पनि नबित्दै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने  भन्दै चेम्बरले कर वृद्धिले व्यवसाय गर्न गाह्रो हुने जनाएको छ ।

संशोधित ऐनमा कुखुरा पालन गर्न आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक  भएपनि व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महशुल दरमा वृद्धि र बिदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि तथा कपालमा प्रयोग हुने कस्मेटिक्स, फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले उपभोक्त नै महंगीको मारमा पर्ने चेम्बरको ठहर छ ।

सरकारले कार्तिक २५ (हिजो सोमबार) नेपाल राजपत्रमा सूचना प्रकाशित गरि करको दर वृद्धि लागू गरेका थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved