अर्थमन्त्रीले बैंकहरुलाई भने, ‘रोकिएको कर्जाको फाइल संकलन गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 12:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले ८० प्रतिशत नागरिकको बैंक खाता रहेको बताएका छन् । उनले सामाजिक सुरक्षा, कर तथा विभिन्न सरकारी कार्यमा बैंक खाता अनिवार्य भएकोले अब केही समयभित्रै सबै नेपालीको बैंक खाता हुने दाबी गरे ।

६५ प्रतिशत नागरिक स्मार्ट फोनको पहुँचमा रहेको दाबी गर्दै अर्थमन्त्री डा. खतिवडाले त्यति नै मानिस मनोबाइल बैंकिङमा जोडिने भएकाले बैंकिङ पहुँचबाट कोही पनि नेपाली टाढा नरहेके बताए । हाल ३३ सय नागरिक बराबर बैंकको एक शाखा रहेको उल्लेख गर्दै उनले आधिकांश नागरिक ३० मिनेटमा नै बैंक शाखासम्म पुग्ने अवस्था रहेको जिकिर गरे । 

१९ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको जानकारी गराउँदै उनले आगामी पुष मसान्त भित्र जसरी पनि सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने वातावरण मिलाउन राष्ट्र बैंकलाई निर्देशन समेत दिए । 

‘नेपालमा विकासको गति सुस्त भयो, औद्योगिक व्यवसायीक वातावरण भएन भन्ने सुनिन्छ, एउटा सानो समुहको यो गुनासो छ’ मन्त्री खतिवडाले प्रश्न गरे, ‘यदी त्यस्तो हो भने अहिले बैंकहरुमा कर्जा लगानी गर्ने पैसाको अभाव छ, कर्जाको फाइल चाङ लागेर बसेको छ यो किन भयो ?’ लगानीको वातावरण बनेर नै कर्जाको माग पनि बढेको उनको भनाई छ । ‘बैंकहरुसँग रोकिएर बसेको कर्जाको फाइलकोे विवरण संकलन गरेर मलाई दिनुस’, उनले भने ‘कम्तिमा २ वर्षको कर्जाको माग छ होला, लगानीको वातावरण छैन भने त्यो कर्जा के को लागि हो ?’  

सरकारी ठेक्कामा विकास बैंकहरुले पनि बैक ग्यारेन्टीमा कानुनी सुधार गर्न सरकार लागेको उनको भनाई छ । सानोतिनो ठेक्काको बैंक ग्यारेन्टीले विकास बैंकक आम्दानी बढ्ने भएकाले त्यसलाई कानुनी रुपमा सुधार गर्न आफु प्रतिवद्ध रहेको मन्त्री खतिवडाको भनाई छ । 

ब्याजदर भनेको पूँजीको मुल्य भएको भन्दै यो बजारमा पर्याप्त हुँदा थोरै हुने कम हुँदा बढी हुने बजारको सिद्धान्त भएको उनले बताए । अहिले पूँजी अभाव भएर नै ब्याज बढेको यसको उपाय भनेको पुँजीको आपुर्ति बढाउने हो उनले भने । भएको पैसालाई उत्पादन क्षेत्रमा लगाउन सके पूँजी निमार्णमा सहयोग हुने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved