मिर्गौला किनबेच काण्डः निदानका सिइओसहित ५ जना पुर्पक्षका लागि जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 01:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्गौला किनबेचमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सिइओसहित ५ जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरूलाई मंगलबारै पुर्पक्षका लागि थुनामा पठाईएको जिल्ला अदालत ललितपुरले जनाएको छ ।

अदालतले उक्त अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा–३ घर भई हाल स्वयम्भू बस्दै आएका शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो ।

भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन् । आलेले नक्कली आफन्त खडा गरेर मिर्गौला खरिद गर्न फर्जी कागजात तयार पारेको भन्दै उनीहरुलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved