यातायातका शाखा अधिकृत घुससहित समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 03:06:45 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई घुससहित पक्राउ परेका छन् । मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भभन्दै ३ हजार घुस रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शाखा अधिकृत भट्टराई र घुस दिने दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार के.सी. र सुरेश छुस्याकी रहेका छन् । अख्तियारले हाल उनीहरुमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved