क्रिकेटर सचिन तेन्दुलकर पशुपतिनाथ मन्दिरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 01:18:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका सर्वाधिक सफल क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका छन् । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर पुगेर उनले पूजा गरेका हुन् । उनलाई नेपाल पर्यटन वोर्डका सिइओ दीपकराज जोशीले सहयोग गरेका थिए ।

युनिसेफको एसिया क्षेत्रको सद्भावना दूत रहेका सचिन शुक्रबार नेपाल आइपुगेका थिए । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पूरा भएको अवसरमा युनिसेफ नेपालले सचिनलाई काठमाडौँ आरालेको थियो । शनिबार त्रिवि क्रिकेट मैदानमा उनले बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर रमाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved