श्रीलंकाका राष्ट्रपति राजापाक्षले भने, ‘बुद्ध भूमी नेपाल मुटुमा छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 11:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकाली जनताहरुको मुटुमा रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको बधाईमा रि–ट्वीट गर्दै राष्ट्रपति राजापाक्षले लुम्बिनी आफूहरुको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै नेपालको भ्रमण गर्ने लेखेका छन् ।

राजापाक्षले ट्वीटमा लेखेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’

श्रीलङ्काको विपक्षी दलबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री राजापाक्ष आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यस्तो छ उनको ट्वीटः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved