मन्त्रीबाट हटाईएपछि गोकर्ण विष्टले भने 'ज्यामी माहुरीले जस्तै काम गरे'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 10:43:27 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफु मन्त्री रहंदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँको बताएका छन् । उनले आफु जति दिन मन्त्री पदमा रहे त्यो समयमा  देशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँको बताएका हुन्  । 

मन्त्रीबाट हटाईएपछि सामाजिक संजालमा स्ट्याटस लेख्दै उनले आफु थप उर्जा र प्रेरणाका साथ बाहिरिएको बताएका छन् ।  साथै उनले  मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्ट सहित ८ मन्त्रीलाई बर्खास्त गर्दै ९ जना नियुक्त गरेका हुन्। जसमा श्रम मन्त्रालयको जिम्मेवारी रामेश्वर राय यादवले पाएका छन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved