गोकर्ण विष्टले भने, ‘जनपक्षीय काम गर्दा जोखिम हुन्छ भन्ने थाहा थियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 02:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नयाँ काम गर्दा जोखिम हुन्छ भन्ने जानेरै जनताको पक्षमा काम गर्न प्रयत्न गरेको बताएका छन् । मन्त्री बनेर पद बहाली गर्दा नै जनताको पक्षमा काम गर्ने प्रण गरेको र त्यसो गर्दा जोखिम हुन्छ भन्ने आफूले अनुमान गरेको उनको भनाई छ । मन्त्रालयबाट बिदाई हुँदै उनले मन्त्रीको रुपमा बसेर काम गर्दा जनताको पक्षमा वकालत गरेको कारण आफूमाथि जोखिम छ भन्ने पहिल्यै थाहा भएको बताएका छन् । 

‘जनतालाई केन्द्रमा राखेर अनेकौ विकृतिहरु सुधार गर्नु जोखिमपूर्ण हुन्छ भन्ने मैले अनुमान गरेकै थिएँ, मेरो अनुमान अब अनुभव भयो’ उनले भने । मानव जीवन नै अस्थायी हुने भन्दै उनले पद कहिल्यै स्थायी नहुने बताए । ‘जीवन नै अस्थायी छ, पद स्थायी हुने कुरै भएन’ उनले भने, ‘मन्त्री भएर आउँदा नै म अस्थायी पाहुँना हुँ भनेर आएको थिएँ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved