अर्घाखाँचीमा बस दुर्घटना, ८ को मृत्यु भएको पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 05:52:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँचीको सन्धीखर्कमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रदेश ५ प्रहरी कार्यालयकाअनुसार नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जनाएका छन।    

घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ। घटनामा ११ जना घाइते भएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved