१ करोड लगानी गरेर पोल्ट्री ब्यवसायमा होमिए ६ युवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 06:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाचीका ६ जना युवाहरुले सामुहिक लगानी गरी कृषि ब्यवसाय सुरु गरेका छन । उनीहरुले १ करोड भन्दा बढी लगानी गरी अर्घाखाची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालनमा ल्याएका हुन । उनीहरुले अर्घाखाचीमा उत्पादन हुने कुखुराका अण्डाहरुलाई बुटवलमा ल्याइ विक्रि गर्न बुटवलको तीनकुनेमा विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन ।

अर्घाखाचीको पाणिनी गाउपालिकाका युवाहरु पदम घिमिरे, गिरिराज घिमिरे, भेषराज घिमिरे, कृष्णप्रसाद गैरे, भोजराज घिमिरे क्षेत्री र बावुराम पौडेलको समूहले उक्त ब्यवसाय सुरु गरेका हुन । हाल १० हजार कुखुरा पालन गरेका उनीहरुले ८ जनालाई रोजगारी समेत दिएको सञ्चालक पदम घिमिरेले जानकारी दिए ।

ब्यवसाय ट दैनिक ८ हजार अण्डा उत्पादन हुने गरेको उनी बताउछन । उत्पादन लागतका तुलनामा अण्डा सस्तोमा बेच्नुपरेको घिमिरेको गुनासो छ । कृषिमा आवद्ध भएका हरुलाई सरकारले सहुलियत दिनुपर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved