चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 08:49:31 AM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए । उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुन्। उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved