सडक मानव मुक्त काठमाडौँ अभियान, २१६ जनाको उद्वार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 12:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सडक मानव मुक्त काठमाडौं अभियान अन्तर्गत २१६ जना सडक मानवको उद्वार गरिएको छ । काठमाडौँ महानगरपालिकाले सडक मानव मुक्त महानगरको परिकल्पना गरेसँगै अभियान थालिएको थियो ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरपालिकाको अयोजनामा “रात्रीकालिन सडकसेवा” कार्यक्रम संचालन गरिएको हो । काठमाण्डौ महानगरपालिका, नेपाल प्रहरी, मानव सेवा आश्रम, अन्य विभिन्न सामाजिक संघसंस्थाहरु एवं स्थानियहरुको सहभागितामा मंसिर २९ गतेदेखि सञ्चालनमा आएको अभियानमा हालसम्म २१६ जना व्यक्तिहरुलाई गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्वर, कलंकी, स्वयम्भू, सिनामंगल, लगायत स्थानहरुबाट उद्धार गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved