गौचरनबाट जोगाउन गोकर्णको जग्गा यतीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 03:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्रष्टले गौचरन बन्न नदिन गोकर्णको जग्गा रिसोर्टलाई दिने म्याद थप गरेको स्पष्टीकरण दिएको छ । पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी छँदै पुनः २५ वर्षका लागि सम्झौता गरेको भन्दै विरोध भएपछि नेपाल ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी म्याद नथपिएको भए सो क्षेत्र गौचरनमा परिणत हुन सक्ने खतरालाई ध्यानमा राखेर म्याद थप गरिएको दाबी गरेको छ ।

ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले समयमै निर्णय नगर्दा यती समूहले प्रयोग गरिरहेको २ हजार ७९३ रोपनी जग्गा गौचरण हुनसक्ने भएकाले अहिले नै भाडामा दिने म्याद अवधि थपिएको बताए । कानून सम्वत नै निर्णय गरिएको भन्दै उनले यो निर्णयमा कुनै पश्चाताप नभएको दाबी गरे ।

ट्रष्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले यो निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी समेत गरे । केही दिनअघि बिजपाटी डटकमसँग झोक्किएका उनले निर्णय गरेर सरकारले धेरै नाफा कमाएको दाबी गरे । ‘सबै थोक उसको छ, हाम्रो त जग्गा बाहेक केही छैन’ उनले भने, ‘ऋण लिने उसले, ब्याज तिर्ने उसले, हामी चोखो नाफामा ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved