इरानमा १८० सवार युक्रेनको विमान दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 11:02:09 AM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेन अन्तराष्ट्रिय वायुसेवाको विमान दुर्घटना भएको छ । विमान इरानको तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने वित्तिकै दुर्घटना भएको फोर्स समाचार संस्थालाई उदृत गर्दै बिबिसिले लेखेको छ । 

इरानको रेड क्रेस्सेन्टले सो दुर्घटनामा यात्रु तथा चालक दल सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ। उक्त विमान युक्रेनको राजधानी किएभको लागि उडेको बताइएको छ । 

“विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ, हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ,“ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

सो दुर्घटना इरान अमेरीका तनावको हिस्सा भएको अथवा नभएको एकिन नभएको बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved