भुषण दाहालले टुङ्ग्याए कान्तिपुरको यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 02:35:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बरिष्ठ पत्रकार भुषण दाहालले कान्तिपुर टेलिभजन छोडेका छन् । निकै लोकप्रीय कार्यक्रम ‘फायर साइड’का प्रस्तोता दाहालले आजबाट कान्तिपुरको १८ वर्षे यात्रा टुङ्ग्याएका हुन् । एक हप्ता अघि उनले बोर्ड समक्ष दिएको राजीनामा आज बुधबार स्वीकृत भएको छ । 

कान्तिपुरले उनलाई कार्यक्रमलाई निरन्तरता दिन भनेपनि पद छोडिसकेपछि कार्यक्रमलाई निरन्तर अघि लैजान अस्वीकार गरेका छन् । केही समय अध्ययन गर्ने मनशायले हाललाई कार्यक्रम नचलाउने मनशाय बनाएको उनले बिजपाटीलाई बताए ।

‘१८ वर्ष भयो, केही समय ब्रेक गरौँ कि भन्ने लागेर खुशी खुशी नै छोड्ने निर्णय गरेँ’ दाहालले भने । तत्काल केही नयाँ कामको योजना बनिनसकेको भन्दै उनले भने, ‘केही समय दिमागलाई आराम गराउँछु, पछि केही न केही त गरिएला नि ।’

राजीनामा स्वीकृत भएपछि दाहालले १८ बर्षको साथ, स्नेह र मार्गनिर्देशका लागि टेलिभिजनका दर्शक, सहकर्मीसहित टेलिभिजनका अध्यक्ष र बोर्डलाई धन्यवाद दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved