नेपालमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो छ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 09:35:40 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसमको अवस्था

देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 

माघ ७ गते (मंगलबार) 

दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी  भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम  हिमपातको सम्भावना रहेको छ।

 रातीः  देशका अधिकांश भू-भागमा  आंशिक देखि सामान्य बदली रहनेछ।  उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

 

माघ ८ गते (बुधबार) 

दिउँसो :  मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

 रातीः  मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।


माघ ९ गते (बिहिबार) 

दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ। 

रातीः  देशको पूर्वी  भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
उच्च हिमाली भेगका हल्का देखी मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ।

  

स्रोत: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved