शुक्रबार बागमती प्रदेशमा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 06:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

वाग्मती प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसर पारेर माघ १० गते शुक्रबार विदा दिने निर्णय गरेको हो ।  

वाग्मती प्रदेश सरकारले  वाग्मती प्रदेशको एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसारको अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक विदा गरिएको जनाएको छ । 

यद्यपि यो विदा उपत्यकाका ३ जिल्लामा भने लागु हुने छैन । अर्थात् संघ अन्तर्गत रहने कार्यालयहरु शुक्रबार खुला रहने छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले विदा दिएपनि उपत्यकाको हकमा भने गृह मन्त्रालयबाट निर्णय गरिएमा मात्र लागु हुने गरी यस अघि नै निर्णय गरिसकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved