सापकोटा सभामुखको उम्मेद्वार बनेपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 02:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकारले राजीनामा दिएका छन् । २०७४ को चैत्रमा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका सुशील प्याकुरेलले फौजदारी अभियोगमा मुद्दा खेपिरहेका अग्‍नि सापकोटालाई नेकपाले सभामुखको उम्मेद्वार बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । 

राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको उनको राजीनामा भने स्वीकृत भएको छैन । 

२०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सापकोटाविरूद्ध २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफैले विगतमा रिट दायर गरेको व्यक्तिलाई पार्टीले सभामुख बनाउन लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved