अग्नि सापकोटा बिरुद्दको रिटमा आज सुनुवाई नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 11:41:56 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधि सभाको सभामुखको उम्मेदवार अग्नि सापकोटा बिरुद्द सर्वोच्च  अदालतमा दायर भएको रिटको सुनुवाई आज नहुने भएको छ । रिटको पेशी न्यायधीश हरि प्रसाद फुयालको एकल इजलासमा तोकिएकोमा उनले रिट हेर्न नमिल्ने भएपछि आज सुनुवाई नहुने भएको हो  ।

न्यायधिश फुयालले यस अघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेका थिए । न्यायधिश हुनु अगावै उनले यस्तै प्रकृतिको मुद्दामा बहस गरेकोले उनले यो रिट हेर्न नमिल्ने भएको हो । 

शुक्रबार  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटा बिरुद्द त्या अभियोग लागेकोले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा त्रिपाठीले जिल्ला प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यला , जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई समेत विपक्षी बनाएका छन्  । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ । न्यायधिश फुयालले सोहि मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेका थिए  ।  

प्रतिनिधिसभामा आज नै सभामुखको निर्वाचन हुदै छ । निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार हुन् । अर्थात् निर्वाचनपछि उनी सभामुख चयन हुने निश्चित छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved