यस्तो छ आगामी ३ दिनको मौसम, वर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 09:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण

अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था

देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १६ गते (बिहीबार)

दिउँसो : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।


माघ १७ गते (शुक्रबार)


दिउँसोः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली  रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । रातीः  देशभर सामान्यतया मौसम सफा रहनेछ।


माघ १८ गते (शनिबार)


दिउँसोः : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  देशभर सामान्यतया मौसम सफा रहनेछ।

 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का हिमपात साथै पहाडी भू-भागका तथा तराई भु-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।


स्रोत: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved