बाग्मतीमा बग्न थाल्यो प्रशोधित पानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 10:10:22 AM मा प्रकाशित

laxmi  sunrise bank

बाग्मती नदीमा प्रशोधित पानी बग्न थालेको छ । गोकर्णदेखि गुहेश्वरीसम्म बाग्मती नदीमा मिसाइएको ढललाई मंगलबारबाट प्रशोधन केन्द्रमा प्रशोधनपछि मात्रै नदीमा खसाल्न थालिएको हो । 

बाग्मती सभ्यता विकास एकीकृत विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकालका अनुसार शिवरात्रीमा पशुपतिमा स्नान गर्ने भक्तजनले सफा पानीमा नुहाउन पाउने बताउँछन् । समितिले गुहेश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र बनाएको छ । 

गुहेश्वरीमा २ अर्ब ५५ करोड लागतमा देनिक २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने क्षमताको प्रशोधन प्लान्ट बनाईएको छ । 

सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र चल्नाखेलमा पनि ढल प्रशोधन केन्द्र बनिरहेको छ । ढललाई प्रशोधन केन्द्रसम्म लैजाँदा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना पनि छ । गुह्येश्वरीबाट मात्रै २४० किलोवाट बिजुली निकाल्ने तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved