नायक अनमोल केसीले लाखौ ठगेको भन्दै प्रहरीमा उजुरी

नायक अनमोल केसी बिरुद्ध ठगीको उजुरी,
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 08:06:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्टबाट बन्न लागेको चलचित्र ‘धूपौरे’मा अभिनय गर्न सहमति भएर ५ लाख रुपैयाँ एडभान्स लिएर पछि चलचित्रमा अभिनय नगरेको भन्दै केसीविरुद्द महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । 

उक्त चलचित्रका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उनीविरुद्ध जाहेरी दिएका हुन् । अभिनेता भुवन केसीका छोरासमेत रहेका अनमोलसँग निर्माताद्वय श्रेष्ठ र खड्गीले गत असोज ३ मा ४० लाख पारिश्रमिक दिने गरी सम्झौता गरेका थिए ।

सम्झौताअनुसार ५ लाख भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ । चलचित्रमा अभिनय गर्नुपूर्व ३ महिनासम्म जिम तथा एक्टिङ कक्षाका लागि समेत अनमोलले थप २ लाख ५० हजार सकेको उजुरीमा दाबी गरिएको छ । अन्य कलाकारलाई समेत अग्रिम ३० लाख रकम दिन लगाएर आफू सम्पर्क बिहिन भएको उजुरीमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved