मकवानपुरमा जन्ती बस दुर्घटना, ३ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 09:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । 

मृत्तक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेको घटनास्थलबाट उद्धार कार्य हुँदैछ । घटनास्थलतर्फ एम्बुलेन्स पठाइएको छ ।

थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved