एयरलाइन्स व्यवसायीलाई बोलाएर मन्त्री भट्टराईले सोधे, ‘भाडा किन बढाएको ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2020 | 05:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक उडान भर्दै आएका विमान कम्पनीहरुका प्रतिनिधिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बोलाएर छलफल गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को त्रासको समयमा काठमाडौँबाट गृह जिल्ला (गाउँ) फर्किने यात्रुको संख्या बढेसँगै हवाई व्यवसायीले आन्तरिक उडानको भाडा बढाएपछि मन्त्री भट्टराईले बोलाएर छलफल गरेका हुन् ।

हवाई सेवा प्रदायक संस्थाहरुले आन्तरीक ट्रङ्क रुटमा लिदै आएको अधिकतम सीमाका २ वटा स्ल्यावका हवाई भाडा हटाई सो भन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न मन्त्रि भट्टराईले निर्देशन दिएका छन् । 

जवाफमा वायु सेवा सञ्चालकहरुले तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved